पोखरा । पोखराको चिप्लेढुगामा रहेको मिलिजली सहकारीको १५ औं बार्षिकोत्सव को अवसरमा आयोजीत रक्तदान कार्यक्रममा ७२ यूनिट रगत संकलन भएको छ ।
कार्यक्रमको उद्घाटन सहकारी रजिष्टार कार्यालयका रजिष्टार उदय बहादर पराजुलीले पहिलो रक्तदाता अप्सरा पराजुली लाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरिन् ।
सहकारीले आफ्ना सदस्य तथा उपभोक्ता लाई सामाजिक कार्यमा संग्लग्न गराई यस्ता सामाजिक कार्यहरु गर्नमा अग्रसर गराएमा सामाजिक उत्तरदायित्व बहन हुने पराजुलीले बताइन् ।
संस्थाका अध्यक्ष ज्ञानहरी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकारहरु कमलनाथ कुँवर ,मिनराज काफ्ले, विष्णु प्रसाद सुवेदी रक्तसंचार केन्द्रका प्राविधिक महेन्द्र के.सीले रक्तदानका फाइदाका बारेमा बोलेको संस्थाका सचिव लेखनाथ पौडेलले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







