साफ यु–१८ महिला च्याम्पियनसीप फुटबलको पहिलो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ।
जमसेदपुरमा मंगलबार भएको उद्घाटन खेलमा नेपाल आयोजक भारतसँग ७–० गोल अन्तरले पराजित भएको हो।
पहिलो हाफमा ३ गोल खाएको नेपालले दोस्रो हाफमा थप ४ गोल खान पुग्यो। खेलको १४ औं मिनेटमा सुजेश पोट्टेकाटले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन्। १७ औं मिनेटमा लिन्डा कोम सेर्टोले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन्। खेलको ३५ औं मिनेटमा कोमले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा भारतलाई ३–० को अग्रता दिलाइन्।
त्यसपछि, खेलको ६९ औं मिनेटमा अपुर्णाले गोल गरेपछि भारतले ४–० को अग्रता लियो। ८१ औं मिनेटमा पूर्णिमाले गोल गर्दै भारतलाई ५–० को अग्रता दिलाइन्। खेलको ८९ औं मिनेटमा सुनिता मुन्डाले गोल गरेपछि भारत ६–० ले अघि बढ्यो। त्यसपछि, खेलको इन्जुरी समयमा नितुले गोल गर्दै भारतलाई ७–० को जित दिलाइन्।
जितसँगै भारतले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ। नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसीपमा नेपाल, भारत र बंगलादेशको सहभागिता छ।
अब, नेपालले दोस्रो खेलमा बिहीबार बंगलादेशको सामना गर्नेछ। मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ। शीर्ष टोलीले उपाधि जित्नेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







