आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजमा नेपालले आज (बुधबार) पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
युएईको सारजाहमा नेपाल र पपुवा न्युगिनीबीचको खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले आज पपुवा न्युगिनीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ। पपुवा न्युगिनी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने योजनामा रहने छ।
नेपालले यस अघि पपुवा न्युगिनीविरुद्ध २ एकदिवसीय खेल खेलेको छ। दुबै खेलमा नेपालले जित निकालेको छ। जसको कारण पनि नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ।
नेपालले करिब ६ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो। नेपालले अन्तिम पटक गत भदौमा एकदिवसीय अन्तराष्ट्रिय खेलेको थियो।
तर, नेपालले सिरिजको तयारीका लागि श्रीलंकामा ४ अभ्यास खेल खेलेको थियो। जसमा नेपालले ३ खेल जित्दा अन्तिम खेलमा पराजित बन्यो।
लिग टु मा नेपालले ८ खेलमा ८ अंक जोडेको छ। नेपाल छैटौं स्थानमा रहेको छ। अंकविहीन पपुवा न्युगिनी १३ खेल खेल्दै पुछारमा रहेको छ।
नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ। यस्तै, नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ। नेपालले अन्तिम खेल पपुवा न्युगिनीविरुद्ध मार्च २२ मा खेल्नेछ। लिग टु अन्तर्गत ७ टिम सहभागि छन्।
नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको…





