डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन राष्ट्रिय टिममा फर्किएका छन्।
डेनमार्कले नेदरल्यान्ड्स र सर्बियाविरुद्धको मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टिममा एरिक्सन परेका छन्।
डेनमार्कले मार्च २६ मा नेदरल्यान्ड्स र २९ मार्चमा सर्बियासँग खेल्ने तालिका छ। गत युरोकप फुटबलपछि उनी पहिलो पटक डेनमार्कको टोलीमा परेका हुन्।
युरोकपमा फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर एरिक्सन मैदानमा ढलेका थिए । मैदानमा ढलेपछि २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिइएको थियो। जसको कारण उनको ज्यान बचेको थियो।
त्यसपछि, उनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसीडी) जडान गरिएको थियो।
एरिक्सन पछिल्लो समय प्रिमियर लिग क्लब ब्रेन्टफोर्डबाट खेलिरहेका छन्। एरिक्सनलाई ब्रेन्टफोर्डले यस सिजनको अन्तिमसम्मका लागि अनुबन्ध गरेको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







