प्रत्यक्ष टेलिभिजन समाचार कार्यक्रममा युक्रेनमा भइरहेको युद्धविरुद्ध कडा रूपमा प्रस्तुत भएका एकजना रुसी महिला पत्रकार रातारात बेपत्ता भएकी छन्।
सरकार नियन्त्रित च्यानल १ टेलिभिजनका सम्पादक मरिना ओभ्स्यान्निकोभा युद्धविरुद्धको प्रतीक बोकेर सोमबार सेटमा देखापरेकी थिइन्।
उनलाई सो कार्यक्रम लगत्तै हिरासतमा लिइएको थियो।
’युद्ध हैन, युद्ध रोकौँ, प्रोपोगान्डालाई विश्वास नगरौँ, उनीहरूले तपाईसँग यहाँ झुठो बोल्दैछन्’ लेखिएको उनले बोकेको साइनबोर्ड टेलिभिजनमा केही सेकेन्डसम्म देखिएको थियो।
अहिले उनलाई कहाँ राखिएको छ भन्ने कसैलाई थाहा दिइएको छैन। ओभ्स्यान्निकोभाका वकिलहरूले आफूहरूले उनको खोजी गरिरहेको तर अझै भेटाउन नसकेको बताएका छन्।
तीमध्ये एनास्तासिया कोस्तानोभा नामक एक वकिलले उनलाई आफूले फोनमार्फत सम्पर्क गर्ने कोसिस गरेको तर फोनको जवाफै नआएको बताएकी छन् ।
उनले ती पत्रकारलाई आफ्ना वकिलहरूको समेत सहयोग लिन नलगाउने सरकारको उद्देश्य देखिएको बताएकी छन्। अर्का वकिल पाभेल चिकोभले पनि आफूले उनलाई भेटाउन नसकेको कुरा ट्विटरमार्फत जानकारी गराएका छन्।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







