‘स्थापित जाति विस्थापित भाषा’


     एभरेस्ट आवाज    
     चैत्र २ गते २०७८ मा प्रकाशित




गण्डकी । गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित नेवारी भाषा प्रशिक्षण कार्यक्रम पोखरामा सुरु भएको छ । प्रतिष्ठानले ‘स्थापित जाति विस्थापित भाषा’ नाम दिएर प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।

एक महिनासम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा १० वर्षदेखि ४७ वर्षसम्मका ३० प्रशिक्षार्थीको सहभागिता छ । नेवारी भाषा प्रशिक्षण कार्यक्रमको प्रशिक्षकमा विक्रम उदास र मधुसुदन जोशी रहेका छन् । नेवाःखल पृथ्वीचोकमा आयोजित कार्यक्रमको शुभारम्भ गर्दै नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले तालिमले जातीय भाषा संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

तामाङ भाषाको प्रशिक्षण यही चैत ७ गतेबाट र दुरा भाषाको प्रशिक्षण चैत १० गतेबाट आयोजना गर्ने तयारी गरिएको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।