भारतमा जारी यु–१८ महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालले आज (बिहीबार) बंगलादेशसँग खेल्दैछ।
नेपाल र बंगलादेशबिचको खेल ७ः१५ मा सुरु हुने छ।
भारतको जमसेदपुरमा हुने खेलमा नेपाल पहिलो जितको खोजिमा हुने छ।
पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल प्रतियोगिताको उपाधि होडमा भने कमजोर देखिएको छ।
पहिलो खेलमा भारतसँग ७–० गोलअन्तरले पराजित बनेकोा नेपाल बंगलादेशसँग संयमित भएर प्रतिस्पर्धा गर्ने रणनीतिमा हुनेछ। बंगलादेशपनि प्रतियोगितामा बलियो टीम मानिन्छ। डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसीपमा नेपाल, भारत र बंगलादेशको सहभागिता छ।
अब प्रतियोगिता अन्तर्गत नेपालले तेस्रो खेल २१ मार्चमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। अन्तिम खेल २३ मार्चमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







