गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै ठाउँमा सुलभ एवं स्वास्थ्य सेवा प्रवाह सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
बागलुङको गलकोट नगरपालिका–५ हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उनले जनशक्ति व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको उल्लेख गरे।
प्रमुख सहरबाहेक अन्य स्थानका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा दिन चिकित्सक पु¥याउन नसकिएको वास्तविकतामा विशेष प्रोत्साहन दिएर पनि उनीहरूलाई ग्रामीण बस्तीमा पु¥याइने मुख्यमन्त्रीको भनाई थियो।
मुख्यमन्त्री पोखरेलले सीमित स्रोत र साधनबीच प्रदेश सरकारले भौतिक संरचनाका अतिरिक्त सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको उल्लेख गरे। उनले स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्नकै लागि स्वास्थ्य नीति जारी गरिएको र अब यसकै कार्यान्वयका लागि ऐन बनाउन लागिएको जानकारी दिए। गलकोट क्षेत्रको विकासका लागि प्रदेश सरकारले यथासक्य काम गर्दै आएको जनाए। मुख्यमन्त्री पोखरेलले प्रदेशको क्षमताअनुसार काम गर्दै आएको समेत बताए।
तीन शय्याका लागि स्वीकृति पाएको भएपनि हाल अस्पतालमा १५ शय्या चालु अवस्थामा छन्। कूल ८ रोपनी जमिनमा ७ करोड रुपैयाँको लगानीमा स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको हो। २ जना मेडिकल अधिकृतसहित १४ कर्मचारी कार्यरत संस्थामा मासिक १ हजार २ सयको हाराहारीको संख्यामा बिरामीहरु उपचारका लागि आउने गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







