साफ यु–१८ महिला च्याम्पियनसीपः नेपालको लगातार दोस्रो हार


     एभरेस्ट आवाज    
     चैत्र ४ गते २०७८ मा प्रकाशित




साफ यु–१८ महिला च्याम्पियनसीप फुटबलको दोस्रो खेलमा पनि नेपाल पराजित बनेको छ।

भारतको जमसेदपुरमा (बिहीवार) भएको खेलमा नेपाल बंगलादेश ४–२ गोल अन्तरले पराजित बनेको हो।

पहिलो हाफमै ४–१ ले अघि रहेको बंगलादेशले दोस्रो हाफमा भने गोल थप्न सकेन। दोस्रो हाफमा नेपालले १ गोल थप्दै बंगलादेशलाई ४–२ को अवस्थामा खेल सुम्प्यो।

ब्ंगलादेशका लागि अफिदा खानडकार, अक्लिमा खातुन, इटी खातुन र शाहदा अख्तर रिपाले १/१ गोल गरे। नेपालका लागि दीपा शाही र अमिशा कार्कीले १/१ गोल गरे।

लगातार दोस्रो हारसँगै नेपालको उपाधि जित्ने संभावना कमजोर बनेको छ। यसअघि, नेपाल भारतसँग ७–१ को फराकिलो अन्तरमा पराजित बनेको थियो। च्याम्पियनसीप अन्तर्गत जारी २ खेलमा १ अंक पनि नजोडेको नेपाल पुछारमा छ। भारत र बंगलादेशले समान ३ अंक जोडेका छन्। गोल अन्तरका आधारमा भारत शीर्ष स्थानमा छ। बंगलादेश दोस्रो स्थानमा छ।

अब नेपालले मार्च २१ मा फेरि भारतसँग र मार्च २३ मा बंगलादेशसँग खेल्नेछ। डबल राउन्ड रोबिनको आधारमा हुने च्याम्पियनसीपमा नेपाल, भारत र बंगलादेश छन्। प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।