तनहुँको बन्दीपुरमा भीरबाट लडेर कृजन गुरुङको मृत्यु


     एभरेस्ट आवाज    
     चैत्र ४ गते २०७८ मा प्रकाशित




तनहुँमा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ।

बन्दीपुर गाउँपालिका वडा नं. ४ का १७ वर्षीय कृजन गुरुङको भीरबाट लडेर मृत्यु भएको हो।

प्रहरीका अनुसार उनी बुधबार साँझ टुँडिखेल नजिकैको भीरबाट लडेर गंभीर घाइते भएका थिए। लडेर घाइते भएका उनलाई प्रहरी र स्थानीयले उद्धार गरि बन्दीपुर अस्पताल लगेको थियो। उनको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ।
बालक गुरुङ बन्दीपुरस्थित भानु माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए।

साँझ फुटबल खेलेर फर्किनेक्रममा पिसाब फेर्न जाने क्रममा टुँडिखेलमा लगाइएको पर्खाल भत्किएर गुरुङ भिरबाट ३ सय मिटर तल खसेका थिए। भीरबाट माटो खसेर पर्खाल कमजोर भएकाले भत्किन पुग्दा बालक भीरमा खस्न पुगेका थिए। छङ्गाछुर भीर भएकाले उद्धार गर्न २ घण्टा लागेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।