पोखरा । गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ४५ जनामा झरेको छ । शुक्रबार ४४ जना संक्रमणमुक्त भएसंगै सक्रिय संक्रमितको संख्या ४५ पुगेको हो । सक्रिय संक्रमितमध्य कास्कीका २७ जना छन् । म्याग्दीमा ५, बाग्लुङमा ४स्याङ्जा र नवलपरासी पूर्वमा ३, मुस्ताङमा २, लजुङमा एक, पर्वतमा १ छन् । गोरखा र मनाङमा संक्रमित संख्या शून्य छ ।
यस्तै सोही अवधीमा २ जना कोरोना संक्रमित भएका छन् । विभिन्न जिल्लाका १०८ जनामा गरिएको परीक्षणमा कास्कीका २ जना संक्रमित भएका हुन् ।
यो सहित हालसम्म १ लाख १ हजार ९७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्य १ लाख ४६१ जना निको भएका छन् । हालसम्म १ हजार ४६६ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







