पोखरा । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र )अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा धर्मबहादुर गुरुङ निर्वाचित भएका छन् ।
माओवादीले आज मतदानबाट नेतृत्व टुँगो लगाएको हो । अध्यक्षमा निर्वाचित गुरुङले अर्का प्रत्याशी भेषराज पौडेललाई पराजित गरेका हुन् । गुरुङले ३० र पौडेलले १४ मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्षहरुमा शोभाखर अधिकारी ,हरिमाया अधिकारी (तिमिल्सिना ) र इन्द्र भण्डारी निर्वाचित भए । सचिवमा नवीन गिरी र सहसचिवमा विष्णुप्रसाद अधिकारी तथा कोषाध्यक्षमा शरणसिं विक निर्वाचित भएका छन् ।
गत मंसिर ११ गते भएको पालिका अधिवेशनमा नेतृत्वमा सहमति नजुट्दा लामो समय नेतृत्व टुँगो लाग्न सकेको थिएन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







