समय बचत तथा ऋण सहकारीद्वारा शैक्षिक सामाग्री वितरण


     एभरेस्ट आवाज    
     चैत्र ५ गते २०७८ मा प्रकाशित




पोखरा । समय बचत तथा ऋण सहकारी संस्थाले चौधौं स्थापना दिवसका अवसरमा शैक्षिक सामाग्री वितरण गरेको छ ।

पोखराको न्यूरोडमा कार्यालय रहेको सहकारीले स्थापनाको चौधौं वर्षमा प्रवेश गरेको अवसरमा लमजुङको क्व्होलासोथर गाउँपालिका माडी, गिलुङस्थित ज्योतिविन्दु प्राथमिक विद्यालयलाई एक कार्यक्रमकाविच शैक्षिक सामाग्री वितरण गरेको हो ।

कार्यक्रमको क्व्लोलासोथर वडा नम्वर ९ का अध्यक्ष नन्दजंग गुरुङले उद्घाटन गरे । उनले यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिन संस्थालाई आग्रह गरे । पोखरादेखि पिछडिएको ठाउँमा अवस्थित विद्यालयलाई सम्झेर गरिएको सहयोगप्रति आभार प्रकट गरे ।

यस्तै कार्यक्रममा गिलुङ–पोखरा समाजका अध्यक्ष आषिश गुरुङले संस्थाले स्थापनाको चौंथो वर्षमा प्रवेश गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

विद्यालयका प्रध्यानाध्यापक सोमनाथ अधिकारीले भौगोलिक हिसावले पिछडिएको विद्यालयमा संस्थाले गरेको सहयोगले विद्यार्थीको पठनपाठनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा पनि पनि विद्यालयलाई संस्थाको सहयोगको अपेक्षा गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कार्यक्रम संयोजक तथा नविन नापित लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष शिवप्रसाद द्वाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अनिल बड्गामीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।