नायिका करिश्मा आज एमाले प्रवेश गर्दै


     एभरेस्ट आवाज    
     चैत्र ८ गते २०७८ मा प्रकाशित




नायिका करिश्मा मानन्धर आज (मंगलबार) नेकपा एमालेमा प्रवेश गर्दैछिन्।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम बताइएको छ।

यसअघि, मानन्धर नयाँ शक्ति पार्टीमा केन्द्रीय सदस्य थिइन्। तर, केही समयपछि नै उनी उक्त पार्टीमा निस्क्रिय भएर बसेकी थिइन्।

करिश्मासँगै समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा उनको दल एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको एमाले सचिवालयले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।