म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका– २ भगवतीमा खरविर–सिम्ले सिँचाइ योजनाको नहर निर्माण भएको छ । खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीको अनुदान सहयोगमा उपभोक्ता समितिले पक्की संरचना बनाएका हुन् ।
कार्यालयका सव–ईञ्जिनियर अञ्जन खत्रीले ४५० मिटर पक्कि नहर निर्माण भएको बताए। सो सिँचाइ योजना निर्माणका लागि खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीले चालु आर्थिक वर्ष २०७८÷७९ मा रु.२० लाख बजेट बिनियोजन गरेको थियो । उपभोक्ता समितिले रु। दुई लाख २३ हजार बराबरको श्रमदान गरेर नहर बनाएको जनाएको छ ।
खरविर–सिम्ले सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष भगवान केसीले शेरमा २७० मिटर र तल्लो शेरमा १८० मिटर नहर निर्माण भएको जानकारी दिए । स्थानीय मजदुर परिचालन गरेर शुरु गरेको २३ औँ दिनमा योजना निर्माण सम्पन्न गरेको उनले बताए । सिँचाई सुविधा भएपछि आकाशे पानीको भरमा खेती गर्दै आएका कृषकहरुलाई राहत मिलेको छ ।
यसअघि कच्ची नहरमा थोरै स्रोतको पानी चुहावट हुने समस्या थियो । धान गहुँ मकै, फलफूल र तरकारी खेती गर्न सहज भएको स्थानीय अनोज केसीले बताए । करिब तीन सय रोपनी जमिनमा सिँचाई सुविधा विस्तार भएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







