गाउँमै प्रयोगशाला सेवा विस्तार


     एभरेस्ट आवाज    
     चैत्र ११ गते २०७८ मा प्रकाशित




म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका –३ मा रहेको पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला सेवा सुरुआत गरिएको छ । गाउँपालिकाले बेग, भगवती, पिप्ले दग्नाम, चिमखोला र कुइनेवासीलाई लक्षित सेवा सञ्चालनमा ल्याएको हो ।

सो प्रयोगशालाबाट रगत, पिसाव, खकार कोरोना एन्टिजेन, एसआईभी, हेपाटाइटिसको परीक्षण गरिने चिकित्सक डा सन्तोष बोहोराले जानकारी दिए । यसअघि प्रयोगशालाको सेवाका लागि सदरमुकाम बेनी जाने गरेका थिए । सदरमुकाम जान आउन लाग्ने समय र खर्चको बचत हुने स्थानीय रमेश सिंह ठकुरीले बताए।

पिप्लेसंगै पाखापानीमा प्रयोगशाला सेवा यसै बर्षमा सुचारु गर्ने गरी सामान र जनशक्ति व्यवस्थापन गरिसकेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । अध्यक्ष भण्डारीले आठ वडाका स्वास्थ्य चौकी वाहेक अपायक पर्ने वस्तीमा थप आठ वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरिएको जानकारी दिए ।

गाउँपालिकाभित्र थप भएको सेवाहरुलाई जनतामैत्री बनाउन जनप्रतिनिधि, कर्मचारी, डाक्टर, नर्स, स्वास्थ्यकर्मी, लगायत सामाजिक ब्यक्तित्वले प्रचारप्रसार र एकअर्कालाई जानकारी गराएर प्रयोगशाला सेवा प्रभावकारी रुपमा संचालन गराउनमा सहयोग गर्न आग्रह गरेका थिए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।