भारतले साफ यु–१८ महिला च्याम्पियनसीप फुटबलको उपाधि जितेको छ।
जमसेदपुरमा शुक्रबार डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–० ले पराजित भएपनि घरेलु टोली भारत च्याम्पियन बनेको हो।
बंगलादेशको जित मोस्ट अक्लिमा खातुनले ७४ औं मिनेटमा निर्णायक गोल गरिन्। तर, गोल अन्तरमा अघि रहेको भारतले शीर्ष स्थानमा रहदै उपाधि जितेको हो। भारतले ४ खेलमा ९ अंक जोड्यो। बंगलादेशले पनि ४ खेलमा ९ अंक जोड्यो। तर, गोल अन्तरमा भारत शीर्ष स्थान रहेको हो। प्रतियोगितामा नेपाल जितविहीन बनेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







