२०२३ बाट महिला आईपीएल गर्ने तयारी


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०७८ मा प्रकाशित




भारतीय क्रिकेट बोर्ड बीसीसीआईले महिलाको इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०२३ बाट सुरुआत गर्ने तयारी गरेको छ।

बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले २०२३ बाट महिलाको आईपीएल सुरु गर्न लागिएको बताएका छन्। पहिलो संस्करणमा ५ देखि ६ टिमको सहभागिता रहने बताइएको छ।

महिला आईपीएलका लागि ४ पुरुष आईपीएल टोलीले टिम बनाउन चासो राखेको बताइएको छ। पुरुषको आईपीएल आज (शनिबार) बाट सुरु हुँदैछ। यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ।

खेलपाटीमा समाचार छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।