महिला विश्वकप क्रिकेट: अपराजित अष्ट्रेलिया


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०७८ मा प्रकाशित




आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत अष्ट्रेलियाले लगातार सातौं खेलमा जित हात निकालेको छ।

न्यूजिल्यान्डको वेलिङटनमा भएको खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै लगातार ७ खेल जितेको हो।

अष्ट्रेलियाले जितका लागि चाहिएको १ सय ३६ रनको लक्ष्य ३२ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गरेको थियो। अष्ट्रेलियाको जितमा बेथ मुनीले अविजित रहँदै सर्वाधिक ६६ रनको योगदान गरिन्। बंगलादेशका लागि सलमा खातुनले सर्वाधिक ३ विकेट लिइन्।

यसअघि, पहिले ब्याटिङ गरेको बंगलादेशले ४३ ओभरमा छोट्याइएको खेलमा ६ विकेट गुमाएर १ सय ३५ रन जोड्यो। बंगलादेशका लागि लता मोन्डलले सर्वाधिक ३३ रन जोडिन्। अष्ट्रेलियाका लागि असलेइघ गार्डनर र जेस जोनासेनले समान २÷२ विकेट लिए।

अष्ट्रेलियाले सात खेल जित्दै १४ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेर सेमिफाइनलको यात्रा तय गरेको छ। इता, बंगलादेशले भने ६ मध्ये ५ खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।