पोखरा । पोखरामा रहेका नेवार समुदायको संयुक्त संस्था जाल्पादेवी तायः मचाको दशौ अधिवेशनले जुद्दमान जोशीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा विश्व कुमार विजुक्छे, सचिव भगवान विजुक्छे, कोषाध्यक्ष अशोक श्रेष्ठ, सदस्यहरुमा जिवन श्रेष्ठ, केदार कुँवर, राजकुमार ठुसाजु, राजेन्द्र जोशी, श्रवणलाल जोशी, राजेन्द्र श्रेष्ठ, श्रीप्रसाद श्रेष्ठ रहेका छन् ।
त्यस्तै महिला मिसा पुचको अध्यक्षमा सविना विजुक्छे, उपाध्यक्ष इन्द्र श्रेष्ठ, सचिव सजना विजुक्छे, कोषाध्यक्ष विन्धवरी श्रेष्ठ र सहसचिवमा सङ्गिता बाटाजु चयन भएका छन् । यस्तै युवा पुचातर्फ अध्यक्षमा राजिव श्रेष्ठ, उपाध्यक्ष संजय श्रेष्ठ, सचिव इरोन श्रेष्ठ, कोषाध्यक्षमा कृस ठुसाजु रहेका रहेका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश शिक्षा संस्कृति तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले जातीय पहिचान, सद्भावका लागी नेवार समुदाय एक हुनुपर्ने बताए ।
कार्यक्रममा पोखरा– ८ का अध्यक्ष रुद्रनाथ बरालले स्थानीय स्तरमा रहेका सबै समुदायको विकासमा वडा सकारात्मक रहेको बताए ।
नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवार संस्कृति जगेर्नामा आम नेवार समुदाय लाग्नुपर्ने जोड दिए ।
सृजना विकास केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर थापाले जातीय सद्भाव कायम गराउन नेवार समुदायको संस्कृति महत्वपूर्ण रहेको बताए ।
समितिका अध्यक्ष कृष्णमान ठुसाजुको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार विरेन्द्रनारायण विजुक्छे, संस्कृतकर्मी अष्ठमान प्रधानाङ्ग, पूर्व अध्यक्ष शुसिल विजुक्छे, नेवा मिसा पुचका अध्यक्ष सङ्गिता बज्राचार्य, उपाध्यक्ष सविना विजुक्छे लगायतले बोलेका थिए ।
कार्यक्रममा समितिको विविध क्षेत्रमा सहयोग गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो ।
अधिवेशनले समितिका उपाध्यक्ष जुद्दमान जोशी, सचिव विश्वकुमार विजुक्छे, कोषाध्यक्ष राजिव खिचाजुले प्रस्तुत गरेको संस्थागत प्रतिवेदन सर्वसम्मतीले पारित गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







