पोखरा । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसको आयोजनामा ‘एक्स्पर्ट ग्राण्ड एजुकेसन फेयर’ पोखरामा सम्पन्न भएको छ ।
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि लक्षित गर्दै आयोजना गरिएको फेयरमा ५ सय जना विद्यार्थी सहभागी भएको आयोजक संस्थाका प्रवन्ध निर्देशक रमेश थापाले जानकारी दिए ।
विशेष गरि उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, युके, क्यानडा र युएसए जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित आयोजना गरिएको फेयरमा विदेशस्थित प्रतिष्ठित युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसंगै सहभागीले प्रत्यक्ष भेटेर त्यसको बारेमा जानकारी लिएको प्रवन्ध निर्देशक थापाले बताए ।
कार्यक्रममा विदेशस्थित युनिभर्सिटी तथा कलेजका प्रतिनिधिले विद्यार्थी र तिनका अभिभावकलाई कोभिड–१९ पछिको भिषा प्रक्रिया, फी लगायतका विषयमा जानकारी गराएका थिए ।
फेयर न्युरोडस्थित सिटी स्क्वायरमा बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म चलेको प्रवन्ध निर्देशक थापाले जानकारी दिए । कार्यक्रमको समापन पश्चात उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र तिनका अभिभावकका लागि फेयर निकै उपलब्धिपूर्ण रहेको थापाले प्रतिक्रिया दिए ।
देशभर १६ वटा शाखा रहेको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले विभिन्न शहरमा मार्च २१ देखि आगामी अप्रिल २६ तारिखसम्म विभिन्न मितिमा उक्त कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसको पोखरामा सिद्धार्थचोकमा शाखा कार्यालय रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







