पहिलो चरणको सैन्य हमला समाप्त, डोनबास स्वतन्त्र गर्न केन्द्रीत हुँदै रूसी सेना


     एभरेस्ट आवाज    
     चैत्र १३ गते २०७८ मा प्रकाशित




रुसी सेनाले युक्रेनमाथिको पहिलो चरणको सैन्य हमला समाप्त भएको बताएको छ।

रुसको ध्यान पूर्वी युक्रेनको डोनबास क्षेत्रलाई स्वतन्त्रता दिने विषयमा केन्द्रीत हुनेछ।

करिब एक महिना लामो सैन्य संघर्षपछि राजधानी किभ कब्जा प्रयास असफल भएपछि यस्तो धारणा सार्वजनिक भएको पश्चिमी शक्ति राष्ट्रहरुले अनुमान गरेका छन्।

युक्रेनी राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीका अनुसार युक्रेनी सेनाले रुसी सेनालाई राजधानी वरपरलगायतका क्षेत्रमा भीषण प्रतिरोध गरेपछि रुसले आफ्नौ सैन्य रणनीति परिवर्तन गरेका हुन्। राष्ट्रपति जेलेन्स्कीले रुस–युक्रेन युद्धमा करिब १६ हजार रुसी सेनाको ज्यान गएको दाबी गरेका छन्।

उता, रुसले भने करिब १३ सय ५१ जना रुसी सेनाले युक्रेन युद्धमा शहादत प्राप्त गरेको स्वीकार गरेको छ। रुसी सेनाको भारी मात्रामा नोक्सान भएपनि रुससँग शान्तिवार्ता आवश्यकतामा उनले जोड दिएका छन्।

यस्तै, रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले पश्चिमी शक्ति राष्ट्रका कारण रुसी संस्कृति लोप हुने खतरा बढेको बताएका छन्। संयुक्त राष्ट्र संघका अनुसार एक महिने संघर्षमा करिब एक हजार ८१ जना गैरसैनिक नागरिकको ज्यान गएको छ।

रुसले १ हजार २ सय ५० वटा क्षेप्यास्त्र युक्रेनका विभिन्न शहरमा हमला गरेको छ। यस्तै, लामो समयसम्म घेराबन्दी गरेर हमलामा परेको म्यारियोपोलमा गतहप्ता भीषण आक्रमणमा परेर करिब ३ सय जनाको हताहती भएको थियो।

सीएनएन/बीबीसी/अलजजिरा


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।