लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन पुनः स्थगित गरेको छ।
आयोगले आइतबार एक सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको आदेशअनुसार विज्ञापन स्थगित गरेको जानकारी गराएको हो।
आयोगले खुल्ला र समावेशीको एकीकृत लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको हो। परीक्षा यही चैत्र २६ गते बिहान ११ बजेदेखि संचालन हुने कार्य तालिका थियो।
गत मंसीर महिनामा प्रकाशित भएको शाखा अधिकृतको विज्ञापन कर्मचारी समायोजनको विवाद टुंगो नलाग्दै परीक्षा लिन नपाइने भनेर सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै स्थगित भएको थियो।
पछि अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला आएसँगै आयोगले यही चैत २६ गते परीक्षा लिने तयारी गरेको थियो। तर, धेरै उम्मेदवार भएकोले व्यवस्थापन गर्न नसकेको भन्दै आयोगले विज्ञापन स्थगन गरेको जनाएको छ।
आयोगको पूर्वनिर्धारित तालिका अनुसार भएको भए माघ महिनामै सकिने परीक्षा विभिन्न कारणले परीक्षा स्थगित हुँदै गएसँगै अब कहिले हुने भन्ने टुंगो छैन। स्थानीय तहको चुनाव नजिकिइसकेकाले पनि सम्भवतः परीक्षा चुनाव पछि नै हुन सक्ने पनि बुझिएको छ। चुनावमा कर्मचारीहरू पनि खटिनु पर्ने र परीक्षा केन्द्रहरुमासमेत मतदान केन्द्र रहने गरेकोले पनि शाखा अधिकृतको परीक्षा प्रभावित हुने देखिन्छ। यसले परीक्षार्थीहरुलाई मर्का परेको छ।

नेपाल प्रेसमा समाचार छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







