नेपाली सेनामा खुल्यो ठूलो संख्यामा रोजगारी


     एभरेस्ट आवाज    
     चैत्र १४ गते २०७८ मा प्रकाशित




नेपाली सेनाले रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।

सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले लेखा उप सेनानी, प्राड उप सेनानी, पाइलट उप सेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूका लागि दरखास्त आह्वान गरेको हो।

सोमवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै सेनाले दरखास्तका लागि आह्वान गरेको हो।

सेनाले विभिन्न पदमा करिब २ सय कर्मचारी माग गरेको हो।

आवेदन चैत १४ देखि बैशाख १३, २०७९ सम्म र दोब्बर दस्तुरसहित थप सात दिन बैशाख १४ देखि बैशाख २० गतेसम्म दिन सकिने सेनाले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।