‘ब्यारेक ब्रेकर’ राजु क्षेत्री बने जसपा पोखरा महानगर कमिटीको अध्यक्ष


     एभरेस्ट आवाज    
     चैत्र १५ गते २०७८ मा प्रकाशित




पोखरा । जनता समाजवादी पार्टी (जसपा) नेपालको पोखरा महानगर कमिटीको अध्यक्षमा राजु क्षेत्री (मेख बहादुर) चयन भएका छन् ।

मंगलबार पोखरामा सम्पन्न जसपा नेपाल कास्की र पोखरा महानगर कमिटीको संयुक्तरुपमा बसेको बैठकले क्षेत्रीलाई पार्टीको पोखरा महानगर कमिटीको अध्यक्षमा चयन गरेको हो । उनी जनपक्षिय पत्रकार हुन् ।

तत्कालिन माओबादी पार्टीको जनयुद्धका क्रममा पक्राउ समेत परेका उनले धादिङको गजुरीस्थित ब्यारेक ब्रेक गरेका थिए । पोखरामा उनी ‘ब्यारेक ब्रेकर राजु’ नामले समेत परिचित छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।