कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा वडा कार्यालय भवन निर्माण गरिएको छ । जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा रु. ९९ लाख ९० हजारको लागतमा उक्त दुई तले भवन निर्माण गरिएको हो ।
भवन निर्माणमा जिल्ला समन्वय समितिको रु. ५९ लाख ९४ हजार तथा गाउँपालिकाको रु. ३९ लाख ९६ हजार लगानी रहेको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिए । यसअघि गाउँपालिकाका आठवटै वडा कार्यालयमा आफ्नै भवनबाट सेवा सञ्चालन गरिँदै आएको छ । कार्यालयको जिल्ला समन्वय समितिका प्रमुख वैनबहादुर अधिकारी र गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले संयुक्तरुपमा उद्घाटन गरे ।
भवन निर्माणका लागि स्थानीयवासी आइबहादुर तामाङ र श्रीकुमारी तामाङले एक रोपनी जग्गा निःशुल्क उपलव्ध गराएका हुन् । गाउँपालिकाको पनि प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको केन्द्र वडा नं ४ लाहाचोकस्थित सानोपाटनमा १० रोपनी क्षेत्रफलमा रु. ६ करोड ६२ लाखको लागतमा भवन निर्माण भइरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए। रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







