लमजुङ । चिल्ली खोलामा मोटरेवल पुल निर्माण गरिएको छ । राइनास नगरपालिका–१ र दूधपोेखरी गाउँपालिका–५ लाई जोड्न चिल्ली खोलामा पुल निर्माण गरिएको हो ।
पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर सुमन गिरीका अनुसार गण्डकी प्रदेश सरकारको रु दुई करोड ५२ लाख १९ हजारमा पुल निर्माण सम्पन्न भएको हो । डेबस्यार गरवासी रुम्बा जेवि निर्माण कम्पनीले २०७६ चैतमा पुल निर्माण गर्न सम्झौता गरेको थियो ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोरोनाका कारण लकडाउन गरिएपछि काम ढिला सम्पन्न भएको गिरीले बताए । पुलले राइनास नगरपालिका र दूधपोखरी गाउँपालिकालाई जोडेको छ । पुल बनेपछि बोराङखोला बिचौर दूधपोखरी सडकमा बाह्रैमास यातायातसेवा सञ्चालन गर्न सकिने बताइएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







