तनहुँ । आठौँ तनहुँ महोत्सवको समयमा मादीसेती नदीमा सञ्चालनमा ल्याइएको मोटरबोट परीक्षण गर्दा सफल भएको छ । पानीको बहाव परीक्षण गर्दा आगामी दिनमा मोटरबोट सञ्चालन गर्न मिल्ने भएको हो ।
मोटरबोट व्यवस्थापन समितिका संयोजक दीपक राईले सेतीमादी दोभानदेखि बुल्दीको दोभानसम्म मोटरबोटको परीक्षण गर्दा सफल भएको जानकारी दिए । डोजर लगाएर उक्त भागमा नदीमा रहेका ढुङ्गाहरु हटाइएपछि मोटरबोट सञ्चालन गर्न सकिएको हो । मादी र सेती नदीमा पहिलो पटक मोटरबोट चढन पाउँदा तनहुँवासीहरु हौसिएका छन् ।
मादी र सेतीमा पहिलो पटक मोटरबोट चढ्न पाउँदा निकै आनन्दको अनुभूति भएको सञ्चारकर्मी विष्णु गौतमले बताए । मादी र सेतीमा समेत मोटरबोट सञ्चालन गर्न सकिने सम्भावना रहेछ । मोटरबोटको सफल आरोहण भएसँगै उक्त नदीमा निरन्तर रुपमा सञ्चालनमा ल्याइने तयारी गरिएको छ ।
आठौँ तनहुँ महोत्सवमा मोटरबोटको आकर्षण बढेको महोत्सवका संयोजक पवीन्द्रकुमार श्रेष्ठले बताए । व्यास नगरपालिकासँग समन्वय गरी मोटरबोट सञ्चालनमा ल्याउने तयारी भइरहेको नारायणगढबाट मोटरबोट ल्याएका लेखनाथ पौडेलले जानकारी दिए । छिट्टै सम्बन्धित निकायहरुबाट स्वीकृत लिएर मोटरबोट सञ्चालन गराइने योजना रहेको बताइएको छ ।
महोत्सवका बेला मोटरबोट चढ्नका लागि प्रतिव्यक्ति रु २५० लिइँदै आएकामा घटाएर १५० पु¥याइएको छ । दर्शकको मागलाई ध्यानमा राखी मोटरबोटको शुल्क घटाइएको तनहुँ उद्योग वाणिय सङ्घका महासचिव सुबोध अधिकारीले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







