कार्तिक २६ बागलुङ । पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको बुधबार निधन भएको छ ।
पूर्व स्वास्थ्य राज्यमन्त्री गौचनको ८५ वर्षको उमेरमा निधन भएको पारीवारिक स्रोतले जानकारी दिएको छ । वि.सं १९९२ मा बागलुङ नगरपालिका–३ नारायणचोकमा जन्मिएका गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा बुधबार निधन भएको हो ।
वि.सं २०२४ मा बागलुङ जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका उनले २०४३ मा स्वास्थ्य राज्यमन्त्री जिम्मेवारी सम्हालेका थिए ।
यस्तै उनी वि.सं २०४८ को चुनावमा नेपाली काङ्ग्रेसका तर्फबाट बागलुङ क्षेत्र नं ३ को सांसदमा निर्वाचित भएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







