पोखरा । नेकपा माओवादी केन्द्र माछापुच्छ्रे गाउँपालिका कमिटीको अध्यक्षमा बैकुण्ठ भण्डारी निर्वाचित भएका छन् ।
बिहीबार गाउँपाकिलाको भेडाबारीमा बसेको माछापुच्छ्रे गाउँपालिका कमिटीको बैठकले बैकुण्ठ भण्डारीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
कमिटीले अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि निर्वाचन मार्फत भण्डारीलाई निर्वाचित गरेको हो । अध्यक्षका अर्का प्रत्यासी सुनिल दाहाललाई एक मतान्तरले पराजित गर्दै भण्डारी अध्यक्षमा निर्वाचित भए । निर्वाचनमा भण्डारीले १८ मत प्राप्त गर्दा उनका प्रतिपर्धी दाहालले १७ मत प्राप्त गरे ।
यस्तै कमिटीको अन्य पदाधिकारीहरु भने सर्वसम्मत निर्वाचित भएका छन् । कमिटीको उपाध्यक्षमा गोपाल प्रसाद पोखरेल, चेत बहादुर गुरुङ, सचिबमा शिव प्रसाद भण्डारी, सह–सचिव महिलातर्फ सिता पोखरेल, र कोषाध्यक्षमा रेम बहादुर पुन मगर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







