पोखरा । अखिल नेपाल महिला संघ क्रान्तिकारी मादी गाउँपालिका कमिटीकोे अध्यक्षमा नन्दश्री गुरुङ चयन भएकी छन् ।
कमिटीको बिहीबार सम्पन्न भेलाले गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
यस्तै कमिटीको प्रथम उपाध्यक्षमा अन्जु गुरुङ, उपाध्यक्षमा लक्ष्मी गुरुङ, सचिवमा उषा थापा, कोषाध्यक्ष सुचना अधिकारी, सह–सचिवमा सपना परियार चयन भएका छन् ।
यसअघि भेलाको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य गायत्री गुरुङ कुशुमले उद्घाटन गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







