पोखरा । पोखरामा १५ औं संस्करणको बिटी कप पाँचौ बिरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ ।
बुद्धटोल क्बलको आयोजनामा पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा सशत्र प्रहरी बलका डिआईजी शम्भु सुवेदीको प्रमुख आतिथ्यतामा आज देखि फुटबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा नारायण गोपाल एजुकेशन प्रालिले जित निकालेको छ ।
आयोजक टिम निलोलाई १–० गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्दै नारायण गोपाल एजुकेशन प्रालि दोस्रो चरणमा प्रबेश गर्यो । नारायण गोपालको जितमा सुमित श्रेष्ठले निर्णायक गोल गरे ।
यसैगरी दोस्रो खेलमा मानारथा चर्च ब्याईजलाई बाझापाटन क्लबलाई १–० गोलले पराजित गर्दै दोस्रो चरणमा स्थान बनायो ।
क्लबका अध्यक्ष विजया गुरुङका अनुसार नंयागल्ली एफसी र ट्रेजर एफसी बिच भएको अन्तिम खेल गोलरहित भएपछी ट्राईबेकरमा नंयागल्लीले २–१ गोल अन्तरले पराजित गर्यो ।
आगामी २६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा कुल ६२ टिमको सहभागिता रहेको अध्यक्ष गुरुङले बताईन् । गुरुङका अनुसार प्रतियोगिताको विजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५१ हजार १ सय ५१ रुपैया प्राप्त गर्ने बताए ।
उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ९१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । उनले सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट हुने खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिने जानकारी दिईन् ।
यसैगरी उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई समान ५/५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने छ भने अनुशासित टिमलाई ८ हजार र ट्रफि प्रदान गरिने छ आयोजकले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







