मादी गाउँपालिकाको अध्यक्षमा सुनिलको उमेद्वारी घोषणा


     एभरेस्ट आवाज    
     चैत्र १९ गते २०७८ मा प्रकाशित




आगामी स्थानीय निर्वाचनका लागि कास्कीको मादी गाउँपालिकाको अध्यक्ष पदमा अटेरी समूहबाट सुनिल ढकालले आफ्नो उमेदवारी घोषणा गरेका छन्।

‘परिवर्तन संभव छ’ भन्दै सुनिलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उमेदवारीको घोषणा गरेका हुन्।

उनले लेखेका छन्, स्थानीय निर्वाचनलाई दलीय नबनाउ। यसपालि को निर्वाचन मा राजनितीलाई पर राखेर स्वतन्त्र उमेदवारलाई बिजय गराउँ। राजनीति खेल अति भो आउनुस अब त अटेर गरौँ। आउँदो यही बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा मैले मादि गाउपालिकाको अध्यक्ष पदमा उमेदवारि दिने निर्णय गरेको छु। हजुरहरूको साथ सयोग र सल्लाह सुझावको अपेक्षा गर्दछु।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।