पोखरा, चैत १९
पोखरा महानगरपालिका वडा नम्बर ३ मा महेश उदासले उम्मेद्वारी घोषणा गरेका छन् । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन अन्तर्गत पोखरा–३ को वडाध्यक्ष पदमा अटेरी उम्मेदवारका रुपमा आफूले उम्मेद्वारी दिने उनले घोषणा गरेका हुन् ।
वडाको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उदास शारिरिक सुगठनका खेलाडी हुन् । तेर्सापट्टीका स्थानिय उनी युवा उम्मेदवार हुन् । उनलाई स्थानिय युवा, युवती, खेलाडीलगायतको समर्थन रहेको दाबी गरिएको छ ।
पार्टी भन्दा माथि उठेर काम गर्नका लागि आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको उदासले बताएका छन् । पार्टी, पार्टी भन्दाभन्दै सिन्को भाँचिएन,उनले भने,‘फेरीपनि तीनै दलबाट उठेका उम्मेद्वारलाई जिताइयो भने फेरीपनि देश बन्दैन । त्यसैले उनीहरुको विकल्प स्वरुप मैले उम्मेदवारी दिएको हुँ ।’
उम्मेदवारी छलफल कार्यक्रममा पोखरा महानगरपालिकाको मेयर पदमा अटेरी उम्मेदवारी घोषणा गरेका गनेस पौडेलले देश बनाउने हो भने हरेक चुनावलाई कर्मकाण्डी बनाउने दलहरुलाई बहिस्कार गरेर अटेरी उम्मेदवार जिताउनुपर्ने बताए । उनले भने,‘अहिलेसम्म काम गरेन पनि भन्ने र फेरी जिताउने पनि हो भने एउटै तरिकाले काम गरिरहने अनि नतिजाचाहिं फरक खोजेजस्तै हो । त्यसैले आउनुस् योपटक तरिका बदलौं र नतिजापनि बदलिन्छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा पोखरामा समावेशी पत्रकारिता तथा…







