फिस्टेल एकेडेमीमा अभिभावक अभिमुखिकरण कार्यक्रम


     एभरेस्ट आवाज    
     चैत्र १९ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरा – १७ तल्लो बिरौटामा रहेको फिस्टेल एकेडेमीले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

विभिन्न तहमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुलाइ छुट्टा–छुट्टै रुपमा अभिभावकले आफ्ना विद्यार्थीले ध्यान दिनु पर्ने बिषयका बारेमा प्रशिक्षण प्रदान गरिएको हो ।

सो अवसरमा विद्यार्थीमा शारीरिक वृद्धि बिकासको अबस्था आइपर्ने , विभिन्न समस्या र समस्या समाधानका विधिका बारेमा विद्यालयका मिडल स्कुल को–अर्डिनेटर कमल लामिछाने , प्राचार्य डा. त्रिदेब उपाध्यायले अभिमुखिकरण गरेका थिए ।

कार्यक्रममा विद्यार्थीको चारित्रीक तथा मानसिक बिकासमा अभिभावकको महत्वपूर्ण भुमिका हुने हुँदा उनीहरुलाई सचेत र पुनर्ताजगी गर्न उक्त अभिमुखिकरण आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले बताए । अभिभावकिय भुमिका कलात्मक हुनुपर्ने भन्दै उनले विद्यार्थीको सर्वाङ्गिण बिकासका हेतु विद्यालय र अभिभावकको संयोजनकारी भुमिका नै आवश्यक भएको उल्लेख गरे ।

कार्यक्रममा विद्यालयका संस्थापक उपाध्यक्ष अन्जु बस्नेत रानाभाट , निर्देशक एरिका रानाभाट, निर्देशक एलिश रानाभाट , प्रसासन प्रमुख अग्नि सिवाकोटी , लगायतले अभिभावकको सफल अभिभावकिय भुमिकाको बारेमा चर्चा गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।