उदाहरणीय मीना : सांसदको रुपमा प्राप्त तलब, भत्ता समाजसेवामा खर्चिईन्


     एभरेस्ट आवाज    
     चैत्र २० गते २०७८ मा प्रकाशित




पोखरा, चैत २०

आम राजनीतिककर्मीको चाहना हुन्छ पदमा पुगेपछि तलबभत्ता खाने । मौका पाउने वित्तिकै भ्रष्टाचार गर्ने । तर गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङ भने अरु भन्दा फरक छिन् । समानुपातिकबाट सांसद बनेकी उनले भ्रष्टाचार त परको कुरा, आफूले पाएको तलबभत्तापनि सामाजिक काममा खर्चेर उदाहरणीय बनेकी छन् ।

प्रदेश सांसद गुरुङले आफू सांसद भएर आएपछिको पछिल्लो ४ वर्षमा झण्डै ११ लाख रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको एक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरेकी छन् । ‘मैले मेरो तलबभत्ता सामाजिक कार्यमा खर्च गरेकी हुँ’–उनले भनिन् । सामाजिक कार्य अन्तर्गत उनले संस्कार, संस्कृति संरक्षण, महिला, बालबालिका, बेटी बचाऔं अभियान, वृद्धाश्रम, मानवसेवा आश्रम, शिक्षा, खेलकुद, गरीब, दुःखी तथा असहायःलाई सहयोग, भवन निर्माण, विद्यालयमा न्यानो कपडा वितरणलगायतमा खर्च गरेकी हुन् ।

सांसद गुरुङले तलब भत्ताबाट तमु सांस्कृतिक प्रतिष्ठानलाई ५ हजार, ह्याण्डबल संघ कास्कीलाई १ लाख ५० हजार, लाईट स्पोर्टसलाई १४ हजार, पोखरा उद्योग वाणिज्य संघलाई १५ हजार, फुलबारी क्लवलाई २५ हजार, बेटी बचाऔं अभियान धनगडीलाई १० हजार, महायज्ञमा २१ ह्जार, अपाङ्गता समन्वय समिति संघ पोखरालाई १६ लाई २१ ह्जार, पोखरा ११ लाई २८ हजार, दुई विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै उसको भर्ना तथा शैक्षिक खर्चवापत ४० हजार, कृष्ण प्रणामी मन्दिरलाई २१ हजार खर्च गरेकी छन् । त्यस्तै, प्रमोद खरेल साँझलाई ४० हजार, मदन भण्डारी फाउण्डेसन सांस्कृतिक प्रतिष्ठानलाई २५ हजार, मानव सेवा आश्रममा लत्ताकपडासहित २५ हजार, दीमावली गुरुङ समाजघरलाई २५ हजार, मानव सेवा आश्रममा जाडोको कपडाका लागि १० हजार, मानव सेवा आश्रमलाई छुट्टै ३५ हजार, पोखरा वृद्धाश्रमलाई २० हजार, रानीपौवा तेक्वान्दो समूहलार्य ट्रयाकसुटसहित ७ हजार, श्रेया परियारको आवाज उठाउने समूहलाई ५हजार, पोखरा–११ का महिलाहरुलाई ३० हजार, अनेमसंघलाई ५ हजार ५ सय, एमाले नेतृ लोचनामार्फत एक विद्यालयमा १० हजार, पोखरा–२५ हेमजाको सञ्चार सहकारीलार्य ३० हजार, पोखरा–२० भलामको देवीडाँडा आमा समूहलाई ५ हजार १ सय, पोखरा–२५ लेवाडेमा सडक बालबालिकालाई ३० हजार, सिद्धेश्वर सीतापाइलाको आरती समूहलाई ५हजार, अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ नौडाँडा परिवार बस्तीमा आएको पहिरोले घर भत्काएकाहरुलाई राहत स्वरुप त्रिपाल, टेन्ट र खाद्यान्न, ओम शान्ती नयाबजारको भवन निर्माणका लागि ५० हजार, पोखरा–१३ मौला स्लामिक विद्यालयमा न्यानो कपडा वितरण गर्दा ३० हजार, पोखरा–१४ स्थित भयरीस्वरी आधारभुत विद्यालयमा दुई चरणमा गरेर १ लाख २१ हजार बराबरको स्वेटर वितरण, अनेमसंघ वडा कमिटी पोखरा–११ लाई ५ हजार, राष्ट्रिय जनसांस्कृतिक महासंघ गण्डकी प्रदेशलाई १० हजार, पोखरा–४ फिर्केका मिर्गौला पीडित याम शाही र उनको कलेजोको समस्या भएका छोराको उपचारका लागि १० हजार र खाद्य सामग्री र आदिवासी जनजाति महासंघ कास्कीलाई १० हजार प्रदान गरेकी छन् ।

सांसद गुरुङले विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)को महामारीका बेलापनि सामाजिक कार्यलाई निरन्तरता दिईन् । उनले विभिन्न ठाउँमा राहत वितरण गर्नेदेखि स्वास्थ्य सामग्री वितरण, मजदुरलगायतलाई आर्थिक राहत वितरण गरिन् । उनका अनुसार दुई महिनाको तलबभत्ता राहत वितरणमा खर्च गरिएको छ । त्यस्तै पोखरा–११ का कमजोर आयश्रोत भएकालाई ३५ हजार बराबरको राहत वितरण, पत्रकारहरुलाई कोभिडबाट सुरक्षित बनाउने ३५ हजार बराबरको ज्याकेट वितरण, मानव सेवा आश्रममा २० हजार बराबरको राहत, क्यूपेक नेपाल निर्माणमा काम गर्ने मजदुरहरुलाई ३० हजार बराबरको राहत, साना होटल तथा यातायातमा काम गर्ने मजदुरहरुलाई १५ हजार बराबरको राहत, पोखरा–११ मा १२ हजार खाद्यान्न बराबरको राहत वितरण, पोखरा–१७ को सुकुम्बासी बस्तीमा ३६ घर परिवारलाई १०हजार बराबरको राहत वितरण, खाद्यान्न आपूर्ति समितिसँगको समन्वयमा पहिलो चरणमा ३५ वटा राहत प्याकेज, दोश्रो चरणमा १२० वटा राहत प्याकेज वितरण, पोखरा–४ का ७ जनालाई राहत वितरण, कोभिडको पहिलो चरणमा विरामी भएका मजदुरहरुलाई ४० हजार बराबरको राहत वितरण र पोखरा–११ मा असक्त महिलाहरुलाई उपचार खर्चका लागि १० हजार वितरण गरेकी छन् ।

सांसद गुरुङले आफूले सांसदको हैसियतमा पहल गर्दै जनपथ मार्गमा दोहोरो पैदल मार्ग फुटट्रयाक तथा नहर चक्लाबन्दी गर्न प्रदेश सरकारबाट ७ लाख, रामेश्वर मन्दिर परिसर ब्यबस्थापन गर्न सामाजिक विकास मन्त्रालयबाट ४ लाख, पोखरा–११ फुलबारी डाँडाबारी मार्ग बाटो ढलान गर्न प्रदेश सरकारबाट ५० लाख, कालीखोला काहुँ धरहरा लिफ्टिङ आयोजनाका लागि प्रदेश सरकारबाट ८ करोड, भर्देको चौरदेखि बरको रुखहुँदै जाने सडक निर्माणका लागि प्रदेश सरकारबाट २० लाख, गजेन्द्र मार्ग फुलबारीमा सडक स्तरोन्नतीका लागि १५ लाख, तमु धिँ–शान्ति दर्शन मार्गहुँदै शान्ति वन टोल पुग्ने सडक निर्माणका लागि ५० लाख, पोखरा–९ मा सोलार लाइट जडानका लागि १२ लाख र पोखरा–९ राष्ट्रिय अपाङ्ग सेवा समाज भवन अगाडि नाला निर्माण गर्न प्रदेश सरकारबाट १ लाख बजेट पार्न सफल भएको उल्लेख गरेकी छिन् ।

त्यसबाहेक निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २०७६÷७७ मा ५० लाख बिनियोजन गरेको उनले बताएकी छन् । एमाले गण्डकी प्रदेश सदस्य, नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)की केन्द्रीय उपाध्यक्ष तथा नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)को राष्ट्रिय महिला कमिटीकी निवर्तमान अध्यक्षसमेतरहेकी उनले आफ्नो पहलमा कास्की निर्वाचन क्षेत्र नम्बर २ (क)मा विकास निर्माणले फड्को मारेको दाबी गरिन् । उनका अनुसार पोखरा–२० मा बिसी–पिपलडाली, बरछान्ने कुरगाउँ सडक स्तरोन्नतीका लागि १२ लाख ५० हजार, एक्लेखेत बिमिरे सिंचाई आयोजना निर्माणका लागि ४ लाख, पोखरा–११ मा सृजनशिल बहुउद्देश्यीय सामुदायीक भवन निर्माण तथा उत्पीडित समाज जनचेतना समितिको तालिम हल निर्माणका लागि १२ लाख, तुलसीमार्ग (क) सुकुम्बासी बस्तीहुँदै फेदी भञ्ज्याङबाट काहुँ धरहरासम्म सडक बत्ती जडानका लागि ८ लाख ५० हजार, पोखरा–१६ को कुरेचौरदेखि नेपाल थोकसम्मको सडक स्तरोन्नतीका लागि ५ लाख, पोखरा–८ मा उर्जामार्गदेखि फिर्केसम्म खानेपानी बिस्तारका लागि ५ लाख र पोखरा–९ मा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन निर्माणका लागि ३ लाख बिनियोजन गरिएको थियो ।

त्यस्तै, २०७७÷७८ मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत पोखरा १६ मा तुम्के–गल्र्याङ–आलेबारी सडक स्तरोन्नतीका लागि १२ लाख ५० हजार, पोखरा–११ फुलबारी मार्ग बास्तोलाथरको बाटो तथा फुलबारी समितारा मार्गमा रेलिङ निर्माणका लागि ७ लाख, बाँसखोलाबाट पाँडेथोक जानेबाटो स्तरोन्नतीका लागि ४ लाख, पोखरा–१६ मा चण्डीका मन्दिरमा कम्पाउण्ड वाल र पार्क निर्माण तथा कार्कीीको घरदेखि गैह्रीस्वारा जाने ढल एवम् स्ल्याव र गायकटोल खानेपानीको पाइप बिस्तारका लागि ६ लाख गरेर २९ लाख ५० हजार बिनियोजन गरेको गुरुङले जानकारी दिईन् ।

यसैगरी, २०७८÷७९ मा पोखरा–८ मा श्रीराम आधारभुत विद्यालय परिसरमा पूर्वाधार निर्माणका लागि ७ लाख, पोखरा–९ मा नेपाल ट्रेड युनियन महासंघ जिफण्टको भवन तल्ला थप योजनाका लागि ५ लाख, तमु धिँ नेपालको सभाकक्ष निर्माणका लागि १० लाख, पोखरा बहुमुखी क्याम्पस भवन निर्माणका लागि ७ लाख, पोखरा–११ मा उत्पीडित समाज घर निर्माणका लागि ६ लाख, पोखरा–१६ मा श्रवणकुमार ज्येष्ठ नागरिक दीवा सेवा केन्द्रको भवन निर्माणका लागि ७ लाख र पोखरा–२० मोहरिया–मौजा–लामडाँडा सडक स्तरोन्नतीका लागि ८ लाख गरेर ५० लाख बिनियोजन गरेको उनले जनाएकी छन् ।

सांसद गुरुङले आफू सँधै ईमान्दार राजनीति गर्ने प्रतिबद्धता जनाएकी छन् । आफूले सांसद भएपछि पछिल्लो चार वर्षमा गरेका कामहरुको फेहरिस्त रहेको बुकलेटमा उनले भनेकी छन्,‘मेरो लागि राजनीति सिधा रेखा हो, सबैले यसलाई बक्ररेखा भन्छन् । म बक्ररेखा देख्दिन । म सिधा र ईमान्दार राजनीति गर्न चाहन्छु ।’

कार्यक्रममा एमाले सचिव पदमा अर्यालले सांसद गुरुङको मुक्तकण्ठले प्रशंसा गरिन् । सांसद गुरुङले गरेका सामाजिक काम र उनको विगत सुनेर प्रसन्न बनेकी उनले भनिन्,‘नेतृ भनेको त मीना गुरुङजस्तो पो हुनुपर्छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।