पोखरा, चैत २०
नेकपा एमालेकी सचिव पद्मा अर्यालले कास्कीका पाँचवटै पालिका जित्नेगरी चुनावको तयारी गर्न निर्देशन दिएकी छन् । गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङले आफू सांसद भएपछि पछिल्लो चार वर्षमा गरेका कामहरु सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उनले भनिन्,‘कास्कीमा पाँचवटा पालिका छन् महानगरसहित । यी सबै जित्नुपर्छ, क्लिन स्वीप गर्नुपर्छ, त्यही अनुसार तयारी गर्नूस् ।’
पूर्व मन्त्रीसमेत रहेकी उनले कास्कीमा अघिल्लो पटक गुमेका पालिका र वडापनि जित्नेगरी चुनावको तयारी गर्न निर्देशन दिईन् । अघिल्लो स्थानिय तहको चुनावमा कास्कीको अन्नपूर्ण गाउँपालिका गुमेको प्रसङ्ग निकाल्दै उनले भनिन्,‘हिजो अन्नपूर्ण गाउँपालिकामा हारियो । तर यसपटक अन्नपूर्ण गाउँपालिका हार्ने छुट छैन । कास्कीका पाँचवटा पालिमा पाँचमा पाँच नै जित्नुपर्छ । महानगरपालिकाका सबै वडा जित्नुपर्छ ।’ यसअघिको निर्वाचनमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाका ३३ वडामध्ये २२ वटामा एमालेले जितेको थियो भने ११ वटामा कांग्रेसले जितेको थियो । अहिले ती बाँकी ११ वटा वडापनि जित्नुपर्ने उनको भनाई थियो । उनले जित्नका लागि के के गर्नुपर्ने हो त्यो सबै गर्नपनि निर्देशन दिईन् । ‘यो ठाउँमा जित्न जे गर्नुपर्छ त्यहि गर्नूस्’–उनले भनिन् ।
नेतृ अर्यालले कास्कीलाई प्रतिपक्षीविहीन बनाउन सकिने बताईन् । त्यसका लागि पार्टी भन्दा बाहिर रहेकाहरुलाई पार्टीमा आबद्ध गर्नुपर्ने बताईन् । यसपटक पार्टी एकता वा गठबन्धन कोहिसँगपनि नहुने भन्दै उनले थपिन्,‘कोहिसँग एकता वा गठबन्धन हुँदैन । पार्टी बाहिर रहेर छिरलिएकाहरुलाई पार्टी प्रवेश गराउनूस् ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







