मुस्ताङको लोमान्थाङमा ‘हिमालय बचाऔँ : नदी जोगाउँ’ अभियान


     एभरेस्ट आवाज    
     चैत्र २१ गते २०७८ मा प्रकाशित




मुस्ताङको लोमान्थाङमा ‘हिमालय बचाऔँ: नदी जोगाउँ’ अभियान कार्यक्रम गरिएको छ।

आइतबार मानव अधिकार तथा शान्ति समाजको आयोजनामा मुस्ताङको लोमान्थाङमा ‘हिमालय बचाऔँ :नदी जोगाउँ’ भन्ने आव्हानसहित जागरण कार्यक्रम गरिएको हो।

कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, उपसभापति कृष्ण रावल र आजीवन सदस्य मणिराज घिमिरे लगायतको सहभागिता थियो।

कार्यक्रममा जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना, ‘हिमालय बचाऔँ’ अभियान र ‘युद्ध निषेधः शान्ति विशेष’ सम्बन्धि अवधारणापत्रहरु समेत वितरण गरिएको थियो। २०७८ चैत १७ गते गोरखाबाट शुरु भएको सो अभियान गोरखा, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, धादिङ र मुग्लिङमा प्रदर्शन एवं कोणसभा आयोजना गरी सम्पन्न भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।