जंगली च्याउ खाँदा तनहुँको म्याग्देमा १० जना बिरामी


     एभरेस्ट आवाज    
     चैत्र २१ गते २०७८ मा प्रकाशित




तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा जंगली च्याउ खाँदा १० जना बिरामी परेका छन्।

सोही ठाउँका ४६ वर्षीया पार्वती थापा र २४ वर्षीया सरिता थापाले जंगलबाट खोजेर ल्याएको च्याउ खाँदा १० जना बिरामी भएका हुन्।

च्याउ खाएर बिरामी पर्नेमा सोही ठाउँका २७ वर्षीया सविता थापा, ६ वर्षीया जेनिशा थापा, ४५ वर्षीय पदमाया थापामगर, ४ वर्षीय जेन्स थापा, २६ वर्षीया बासना थापा, ४६ वर्षीया पार्वती थापा, २२ वर्षीय सुमन थापा, ६ वर्षीय प्रिन्स थापा, २४ वर्षीया सरिता थापा र ४७ वर्षीय पदम थापा रहेको प्रहरीले जनाएको छ।

खानासँग तरकारीका रुपमा च्याउ खाँदा उनीहरु बिरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीले जनाएको छ। बिरामी परेकालाई दमौलीस्थित व्यास नगर अस्पतालमा उपचार पश्चात थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।