खानेपानी योजना चार वर्षपछि सम्पन्न


     एभरेस्ट आवाज    
     चैत्र २१ गते २०७८ मा प्रकाशित




तनहुँ । तनहुँको बन्दीपुर–२ सिमलटारस्थित खानेपानी योजना चार वर्षपछि सम्पन्न भएको छ । योजना सम्पन्न भएपछि त्यस क्षेत्रका बासिन्दाले कुवाको पानी खानुपर्ने बाध्यता हटेको छ ।

सङ्घीय सरकारको रु एक करोड ५० लाख ७० हजारको लागतमा योजना सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रोजन बानियाँले जानकारी दिए । योजनाबाट २२५ परिवार लाभान्वित भएका छन् ।

सोही वडाको गिदारीबाट लिफ्ट गरी करिब एक किलोमिटर दूरीबाट पानी ल्याइएको हो । योजनाबाट सिमलटार, चामुण्डा, धारापानी र थुम्कीका बासिन्दा लाभान्वित भएका छन् । कोरोना सङ्क्रमणका कारण निर्धारित समयभन्दा ढिला योजना सम्पन्न भएको बानियाँले बताए । घरघरमा पानी उपलब्ध भएपछि स्थानीयवासी खुसी भएका छन् ।

समितिका सचिव रत्नबहादुर कार्कीका अनुसार यसअघि टाढाबाट पानी बोक्नुपर्ने बाध्यता थियो । गाउँमा ८५ धाराबाट पानी वितरण गरिएको छ । पानी पुगेपछि तरकारी र फलफूल खेती गर्नसमेत सहज भएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।