स्थानीय तहमा औचित्य र आवश्यकता अनुसार तालमेल गर्नुपर्छ : काग्रेस नेता डा कोईराला


     एभरेस्ट आवाज    
     चैत्र २१ गते २०७८ मा प्रकाशित




पोखरा चैत्र २१ गते । नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले स्थानीय तहमा औचित्य र आवश्यकता अनुसार अगाडी बढन कार्यकर्तालाई निर्देशन दिएका छन ।

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा सोमबार आयोजित कार्यकर्ता भेटधाट कार्यक्रममा बोल्दै उनले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएकाले औचित्यता आवश्यकता अनुसार निर्णय लिन कार्यकर्तालाई निर्देशन दिए ।

नेता कोईरालले जथाभावी टिकट वितरण गर्ने होईन सक्षम र योग्य उमेदावरलाई निर्वाचनमा टिकट दिनुपर्छ र प्रदेशले काग्रेसको विधान अनुसार प्रदेश भर समन्वयकारी भूमिका निर्वाहा गर्ने पर्ने बताए ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका कोईरालाले तालमेलका नाममा विगतमा चितवनको भरतपुर महानगरपालीमा जस्तो तालमेल नगर्न आग्रह गरे ।

उनले ०७४ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरेका ठाँउमा कांग्रेसले हारेको तर माओवादीलाई काग्रेसले जिताएको यर्थतता कार्यकर्ता माझ प्रस्तुत गरे ।

कांग्रेसका केन्द्रीय सदस्य नेता कोईरालाले नयाँ मतदातालाई ,रुख बाहेक अन्य चिन्हमा कसरी मतदान गर्ने लगाउने त्यो कुरा कांग्रेसका लागी चुनौती हुदै भएको बताए ।

नेता कोईरालाले भने “पहिलो पटक ३६ लाख मतदाताले मत दिँदैछन् ,उनीहरूलाई हँसिया हथौडामा भोट हाल भन्यौं भने आमनिर्वाचन र त्यसपछिका चुनावमा रुखमा मत हाल भनेर कसरी भन्ने ? यो गम्भीर विषय हो,’ उनले थपे ‘यो कुरालाई कसरी म्यानेज गर्ने ? तालमेल गर्ने कुरालाई म खराब भन्दिनँ । तर, यो कुरालाई पनि हामीले मध्यनजर गर्नुपर्छ । एकातिर घरघर जाऔं कांग्रेस जिताऔं भनेका छौं । अर्कोतिर माओवादीलाई भोट हाल भनेका छौं । यो त मिलेन,ब्यवस्थापन कसरी गर्ने । ”

यसैगरी कांग्रेस केन्द्रीय सदस्य मधु आर्चायले कांग्रेसको एजेन्डामा गएर अन्य दलहरुपनि चुनाव लड्न तयार हुनु पर्ने बताए ।

कांग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले कांग्रेसले स्थानिय तहमा उत्साह दिने किसीमको उमेदवार सिफारीस हुनु पर्ने र त्यस्ताले टिकट पाउनु पर्ने बताए ।

सभापती शर्माले स्थानिय तहमा आबश्यकता अनुरुप मात्र तालमेल हुन सक्ने दावी गरे । नेता शर्माले घोषणा पत्रमा नैतिक शिक्षा,गुणस्तरीय शिक्षा र निशुल्क स्वास्थ्यलाई समेट्न जोड दिए ।

कार्यक्रमा काग्रेस नेता जगदिश नरसिंह केसि,गण्डकी प्रदेशका उपसभापती कल्पना तिवारी, महामन्त्री किरणबाबु श्रेष्ठ लगायतले स्थानिय तहको निवाचन र तालमेलका बारेमा धारण राखेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।