नवलपरासी (पूर्व)मा ८५ हजार बालबालिकाहरुलाई टाइफाइडविरुद्धको टिसिभी खोप दिइने भएको छ।
चैत्र २४ गतेदेखि चैत्र ३० गतेसम्म जिल्लाका चारवटा पालिका र चैत्र २५ देखि चैत्र ३० गतेसम्म ४ वटा गरी सबै स्थानीय तहहरुमा टाइफाइडविरुद्धको टीसीभी खोप दिइने भएको हो।
देवचुली नगरपालिका, कावसोती नगरपालिका, हुप्सेकोट गाउँपालिका र विनयीत्रिवेणी गाउँपालिकामा चैत्र २४ गतेदेखि चैत्र ३० गतेसम्म खोप लगाउने कार्यक्रम तय भएको हो।
गैँडाकोट, मध्यविन्दु, बौदीकाली र बुलिगंटार गाउपालिकामा चैत्र २५ गतेदेखि ३० गतेसम्म खोल लगाउने कार्यक्रम छ।
टीसीभी खोप कार्यक्रम संचालन गर्नका लागि जिल्लाभर झण्डै ३०० खोपकेन्द्रहरु निर्धारण गरिएको छ। विभिन्न सामुदायिक र संस्थागत विद्यालयहरुले तोकेका स्थानमा गएर १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिनेछन्।
खोपले बालबालिकालाई टाइफाइडबाट सुरक्षित राख्ने भएकाले उमेर पुगेका बालबालिकालाई अनिवार्य खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले आग्रह गरेको छ। खोपले बालबालिकामा कुनैपनि नकारात्मक प्रभाव नहुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
नेपालमा देशैभर एकै चरणमा चैत्र २५ गतेदेखि आगामी २०७९ वैशाख १८ गतेसम्म टाईफाईड विरुद्धको खोप अभियान संचालन गर्ने राष्ट्रिय खोप समितिले गत फागुन ९ गते गरेको निर्णय गरेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







