पोखरा १३ वडा सदस्यको ‘अटेरी उम्मेदवार’ मा बरालको घोषणा


     एभरेस्ट आवाज    
     चैत्र २२ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरा १३ को वडा सदस्य पदका लागि अटेरी उम्मेदवारी घोषणा भएको छ । यसअघि वडा अध्यक्ष र सदस्य पदका लागि अटेरी उम्मेदवारी घोषणा भई सकेको छ ।

१३ को वडा सदस्य पदका लागि सागर बरालले अटेरी उम्मेदवारी घोषणा गरेका हुन् । स्थानीय तह दलरहित बनाउने माग सहित पोखराका गनेस पौडेलले सुरु गरेको अटेरी अभियान अहिले देशव्यापी बनेको छ ।

साथै, निर्वाचन लक्षित कार्यक्रममा जुटेको अटेरी अभियानले आउँदो चैत २६ गते पोखरा लक्षित घोषणापत्र सार्वजनिक गर्दै छ । अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले चैत २६ गते पोखराको सिर्जना चोकमा अवस्थित ’रवि महल’ मा दिउँसो १ बजे अटेरीले आयोजना गरेको घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।

‘हाम्रो घोषणापत्र सार्वजनि कार्यक्रममा हाम्रा शुचेच्छुक, चासो राख्ने सबै जना आउनु होला । परिवर्तनका लागि जुट्नु होला,’ उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।