स्याङजा । उद्यमशीलता प्रवद्र्धनका लागि स्याङजाको वालिङ नगरपालिका र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) बीच सम्झौता भएको छ । उद्यमशीलताको विकास र प्रवद्र्धन गर्दै नगरवासीलाई उत्पादनमा जोड्नका लागि ती दुई निकाय बीच सम्झौता भएको हो ।
दिगो विकास लक्ष्य हाँसिल गर्न १७ वटा लक्ष्यलाई सन् २०३० सम्ममा संयुक्त राष्ट्र सङ्घले तोकेबमोजिमको उपलब्धि प्राप्त गर्न सो सम्झौता गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । हरित उद्यमशीलताको अभिवृद्धिसँगै सबैलाई समेट्ने क्षमतावान् तथा दिगो विकासको स्थानीयकरण कार्यक्रमले दिगो विकासका लागि महत्वपूर्ण काम गर्ने अपेक्षा उनको थियो ।
कोभिड– १९ को असर कम भएसँगै नागरिकलाई उतपादनसँग जोड्दै स्वरोजगार बनाउने यस परियोजनाको मुख्य लक्ष्य रहेको छ ।
नगरपालिकासँगको सहकार्य निकै उपलब्धिमूलक रहेको युएनडिपीका सहायक आवासीय प्रतिनिधि विजय सिंहले बताए । उनले अझै प्रभावकारीरुपमा यस कार्यलाई अगाडि बढाउनका लागि नगरपालिकासँग सम्झौता गरिएको बताए ।
उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र (इबिक)स्थापना गरी वालिङले हरित उद्यमशीलताका क्षेत्रमा निकै उदाहरणीय काम गर्न गरेको आवासीय प्रतिनिधि सिंहको भनाइ थियो । यस नगरपालिकाले अगाडि सारेको उद्यमीको सहर बनाउने अभियानमा सहकार्य गर्न पाउँदा निकै उत्साहित भएको उनले बताए । साझेदारी कार्यक्रमअन्तर्गत युएनडिपीले रु एक करोड १० लाख र नगरपालिकाले तीन करोडको व्यहोर्ने भएका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







