बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–७ रेश स्थित रेश नुन्थला माध्यमिक विद्यालयमा प्राथमिक तहमा अध्ययन गर्ने सबै विद्यार्थीका अभिभावकले हरेक दुई महिनामा खाजा बनाउने नियम बनाईएको छ ।
सरकारले उपलब्ध गराएको निःशुल्क खाजा कार्यक्रमअन्तर्गत बागलुङको रेश नुन्थला माविले अभिभावकले नै खाजा बनाएर खुवाउने कार्यक्रम बनाएको हो । विद्यालयले अभिभावककै सल्लाहमा बनाएको सो नियमले अहिले सबैलाई सजिलो भएको छ ।
सामुदायिक विद्यालयप्रति अभिभावकको चासो बढाउनकै लागि अनिवार्य खाजा बनाउने कार्यक्रम तयार गरिएको प्रधानाध्यापक ओमबहादुर थापाले बताए । सरकारले विद्यार्थीको खाजावापत दिने रकमबाट विद्यालयले सामग्री खरिद गर्छ ।
विद्यालयकै चमेनागृहमा खाजा बनाउनका लागि सबै सामग्री तयार पारिएको हुन्छ । कोदोको पिठो, सुजी, चना, अण्डा, रोटीलगायत खाजा बनाएर अभिभावकले विद्यार्थीलाई खुवाउँछन् । अभिभावकको पालो भने विद्यालयले तोक्छ । प्राथमिक तहमा ७० विद्यार्थी अध्ययनरत छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







