म्याग्दी । अनेरास्वियुले आयोजना गरेको अन्तर पालिका विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगीतामा म्याग्दीको मालिका गाउँपालिमा बुधबार सम्पन्न भएको छ ।
मेरो परिकल्पनाको स्थानिय सरकार विषयमा लेखिएको निबन्ध प्रतियोगितामा किसानी माविका सम्झना खत्री प्रथम, जनप्रिय माविका विजय पौडेल दोस्रो र गौ बोमबस्त माध्यमिक विद्यालयकी विपासा सिउथानी तेस्रो भएकी छिन् ।
विजेताले क्रमश ५ हजार, ३ हजार र २ हजार नगद सहित प्रमाण पत्र पाए । त्यस्तै निस्कोट मावि र केवि बोडिङ सान्तोना भए । सान्तोनाले नगद एक एक हजार सहित प्रमाण पत्र पाएको अनेरास्वियुका नेता उदय बहादुर दर्जीले जानकारी दिए ।
नेकपा एमाले निकट अनेरास्वियुले आयोजना गरेको प्रतियोगीतामा पालिका भित्रका विद्यालयका माध्यामिक तहमा अध्यान गर्ने विद्यार्थीहरूको सहभागिता रहेको गौ बोमबस्त माविका शिक्षक चेत बहादुर जिटीले जानकारी दिए ।
मालिका गाँउपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी खरमाया विटालुले जनताको काम गर्ने प्लेटफार्म भनेर इमान्दारीका साथ निरन्तर सेवा गरिरहेको बताइन् । उनको जनप्रतिनिधिले गर्नुपर्ने काम र व्यवहार जनताको लागि गरेको जिकीर छ ।
कार्यक्रमका जनप्रिय माविका प्रधानाध्यापक दिवाकर सुवेदीले मन्तव्य राखे भने वालकृण्ण सुवेदी, बालकृण्ण शर्मा तथा शिक्षक नेता खेम जुगजालीले निणार्यकको भुमिका निभाए ।
विद्यार्थीहरूले आफ्नो निबन्धमा संविधानले संघ र स्थानीय सरकार बलियो हुने संघीयताको मोडललाई अंगिकार गरेको भए पनि राजनीतिक नेतृत्वहरू सबै तहका सरकारहरूको संस्थागत विकास गर्ने काममा चुकेको निश्कर्ष निकाले ।
उनिहरूले स्थानीय सरकार सबैभन्दा तल छ तर बलियो भएको प्रमाण समेत पेस गरे । उनिहरूले कल्पना गरेको स्थानिय सरकारको ब्लु प्रिन्ट मात्रै देखाएनन् नेताले प्रत्येक दिन निर्वाचनताका गरेका प्रतिबद्धता स्मरण गरेर काम गर्न सुझाव समेत दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







