माओवादी केन्द्र बागलुङको संयोजकमा घिमिरे


     एभरेस्ट आवाज    
     चैत्र २४ गते २०७८ मा प्रकाशित




बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङ, जिल्ला समन्वय समितिको संयोजकमा राजिव घिमिरे चयन भएका छन् । गण्डकी प्रदेश समितिका सदस्यसमेत रहनुभएका घिमिरेलाई संयोजकको जिम्मेवारी दिइएको पार्टीका जिल्ला इञ्चार्ज बलावती शर्माले जानकारी दिए ।

यसअघि संयोजकको भूमिकामा रहेका ज्ञामनाथ गैरे प्रदेश समितिको उपाध्यक्षमा निर्वाचित भएपछि घिमिरेले सो जिम्मेवारी पाएका हुन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।