पोखरा, चैत २४
गण्डकी प्रदेशसभा सदस्य पियारी थापाले फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णयले अतिक्रमणकारीलाई पुरस्कृत गरेको बताएकी छन् । पोखरा महानगरपालिकाको ५५ औं कार्यपालिका बैठकले फेवातालसहित कास्कीका ९ वटा तालहरुको मापदण्ड घटाएको थियो । महानगरले फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटर कायम गरेको छ भने बेगनास र रुपातालको मापदण्ड एक सय मिटरबाट घटाएर ५५ मिटर तथा अन्य साना तालहरु दीपाङ, गुँदे, मैदी, खाष्टे, न्यूरेनी र कमलपोखरीको पनि मापदण्ड घटाएर २० मिटर कायम गरेको छ । सोहि विषयमा गण्डकी प्रदेश सभाको विहीबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले भनिन्,‘फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटरमा झार्ने महानगरको निर्णय गलत छ । यसले अतिक्रमणकारीलाई पुरस्कृत गरेको छ । उनले तालहरुको मापदण्ड सके बढाउने नभएपनि तोकिएको भन्दा नघटाउनु पर्ने भएपनि त्यसो नगरेर महानगरले गलत गरेको बताईन् ।
बैठकमा उठेका सवालहरुको जवाफ दिदै गण्डकी प्रदेश सरकारका जलश्रोत, खानेपानी तथा सिंचाई मन्त्री हरिशरण आचार्यले तालको अतिक्रमण रोक्ने प्रतिबद्धता जनाए । तर तालको मापदण्ड तोक्ने अधिकार महानगरको भएकाले घटाएपनि, बढाएपनि त्यसमा प्रदेश सरकारले केहि गर्न नसक्ने स्पष्ट पारे । गण्डकी प्रदेशमा सबैभन्दा धेरै कास्कीमा सिंचाई र ताल क्षेत्रमा अतिक्रमण धेरै छन्,उनले भने,‘यहाँ सरकारी निकायदेखि व्यक्तिसम्मले अतिक्रमण गरेका छन् । ती अतिक्रमण भएका क्षेत्रमा संरचना बनाउन हामी दिदैनौं । महानगरसँग मिलेर अतिक्रमण रोक्छौं ।’ उनले अतिक्रमणको अवस्था अध्ययन गर्न प्राविधिक समिति र त्यसलाई सहजीकरण गर्न प्रदेशसभा सदस्यहरुको छुट्टै समिति बनाएको उनले जानकारी दिए । तर अतिक्रमण भएका ठाउँमा संरचना बनाइसकेको भए त्यसलाई भने प्रदेश सरकारले हटाउन नसक्ने बताए । ‘किनकी तालहरुको मापदण्ड तोक्नेदेखि त्यहाँ पहिले बनाइएका संरचना भत्काउने काम महानगरको हो । प्रदेशले त तोकिएका मापदण्ड क्षेत्रको संरक्षण गर्ने मात्र हो’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







