आज छैटौं राष्ट्रिय स्वास्थ्य बीमा दिवस।
‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ आज (शुक्रबार) विभिन्न कार्यक्रमका साथ राष्ट्रिय बीमा दिवस मनाइँदैछ।
२०७२ सालमा कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बीमाअन्तर्गत अहिलेसम्म ५३ लाख ४ हजार २७० जनामात्र बीमामा समावेश छन्।
नेपालमा अहिलेसम्म १५ लाख ८ हजार ५१४ बीमित परिवारले बीमा कार्यक्रममा सहभागी रहेका छन्।
अति गरिब परिवारको ४ लाख ८८ हजार चार जनाले, ज्येष्ठ नागरिक ६ लाख ३४ हजार ७३५, एचआइभी संक्रमित २५ हजार २८९ जना, अति अशक्त अपाङ्गता ९३ हजार ६ सय २९ जना, कुष्ठरोग संक्रमित २ हजार ८४९, क्षयरोगी २ हजार ४७४ जनाले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध छन।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







