२० प्रतिशत जनसंख्या मात्र बीमामा आवद्ध, प्रभावकारी हुन सकेन कार्यक्रम


     एभरेस्ट आवाज    
     चैत्र २५ गते २०७८ मा प्रकाशित




आज छैटौं राष्ट्रिय बीमा दिवस मनाइरहँदा हालसम्म ५३ लाख ४ हजार २७० जनामात्र बीमामा समावेश छन्।

अर्थात, कूल जनसंख्याको २०.०३ प्रतिशत जनसंख्याले मात्र बीमा गरेका छन्।

तीमध्ये २० लाख ८९ हजार ५९९ जना अर्थात (३९.३९ प्रतिशत) ले मात्र बीमा सेवा लिएका छन्। बीमितमध्ये ७० प्रतिशतले मात्र नवीकरण गरेका पाइएको छ।

स्वास्थ्य सेवा गुणस्तर, जनचेतना कमी र जनशक्तिको अभावले स्वास्थ्य बीमा प्रभावकारी हुन नसकेको अनुमान छ। कोरोना भाइरसको कारणले पनि बीमा कार्यक्रमलाई प्रभाव पारेकाले २ वर्ष प्रभावकारी हुन नसकेको हो। स्वास्थ्य बीमा बोर्डलाई सरकारले कानुनी रूपमा स्वायत्त संस्थाको रुपमा परिभाषा गरेपनि व्यावहारिक रूपमा संस्था स्वायत्त हुन नसक्दा काममा समस्या भएको हुन सक्ने अनुमान छ।

स्वायत्त संस्थाको रूपमा बोर्डलाई लैजानका लागि सरकारसँग ३७२ जनाको स्वीकृत दरबन्दी माग गरेको छ। ३ हजार ५०० रुपियाँको वार्षिक बीमा गरेवापत १ लाख बराबरको स्वास्थ्य उपचार उपलब्ध हुन्छ।

बोर्डले ४४१ सरकारी र निजी अस्पतालमासँग बीमा गरेवापतको स्वास्थ्य उपचारका लागि सम्झौता गरेको छ। बोर्डले बीमा कार्यक्रममार्फत अति गरिब, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, एचआइभी संक्रमित, कुष्ठरोगी, क्षयरोगी, अति अशक्त अपाङ्गता भएकालाई सरकारले नै बीमाको रकम उपलब्ध गराउने गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।